ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

निर्धन उत्थान लघुवित्तको १३.६८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

२०७७ फागुन, १०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन १०, काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको कुल १३ दशमलव ६८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज (सोमवार) अन्तिम दिन रहेको छ । 

कम्पनीले यस वर्ष १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

उक्त प्रस्ताव पारितका लागि कम्पनीले फागुन २५ गते २२औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि कम्पनीले फागुन ११ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएकाले फागुन १० गतेसम्म शेयर कायम गर्नुपर्ने भएको हो । 

बुक क्लोजको आधारमा फागुन १० गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न योग्य हुनेछन् । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५० करोड रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । 

यस वर्ष गत वर्षको तुलनामा भने कम लाभांश कम्पनीले दिन लागेको हो । गत वर्ष यस कम्पनीले २५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत १५ दशमलव ५३ प्रतिशत नगद लाभांश दिएको थियो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्