ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपाल इन्फ्रास्टक्चरको शेयर मूल्य १० % बढ्यो,  खरीद चाप उच्च 

२०७७ फागुन, १०  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

फागुन १०, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर मूल्य सोमवार  पनि १० प्रतिशतले वृद्धि भएको छ । 

सोमवार यो समाचार पार्दाको समय ११: ५० बजेसम्ममा कम्पनीको  शेयर मूल्य प्रतिकित्ता रू. ६६० पुगेको छ ।  कम्पनीको शेयर मूल्य दोस्रो बजारमा कारोबारमा आएकै दिनदेखि नै १० प्रतिशतका दरले वृद्धि हुँदै आएको छ ।

उक्त कम्पनीको शेयरमा विक्रेताभन्दा खरीदकर्ता धेरै भएकाले शेयर मूल्यमा वृद्धि भएको हो । मार्केट डेप्थमा कम्पनीको खरीद अर्डरमा ११ लाख १४ हजारभन्दा बढी रहेको छ भने विक्रेता एउटा पनि छैनन् ।  

कारोबार भएको उक्त अवधिसम्ममा  कम्पनीको सार्वधिक शेयर खरीदविक्री भएको छ । रू. २० करोड ७ लाख १७ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्