ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पहिलो घण्टामा १४.९८ अंकले घट्यो नेप्से, २ ओटा कम्पनीको मूल्य १०% ले वृद्धि (१२ बजेको अपडेट)

२०७७ फागुन, १०  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

फागुन १०, काठमाडौं । सोमवार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक १४ दशमलव ९८ अंकले घटेर २ हजार ६२५ दशमलव ३६ विन्दुमा पुगेको छ ।   

२ हजार ६६५ दशमलव ८६ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव ५७ प्रतिशतले घटेको हो । 

कारोबारको पहिलो घण्टामा आखुँखोला जलविद्युत कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, अपर तामाकोशी हाइड्रोपावर, शिव श्री हाइड्रोपावर नेपाल हाइड्रो डेभलपर्स र खानीखोला हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।  

पहिलो घण्टाको अवधिमा २०१ ओटा कम्पनीको २२ हजार ९५० पटकको कारोबारमा ५१ लाख ९९ हजार ०९६ कित्ता शेयरको रू. २ अर्ब २५ करोड ३० लाख बराबरको खरीदविक्री भएको छ ।

पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये जलविद्युत, अन्य र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स, विकास बैंक, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र जीवन बीमा समूहको परिसूचक घटेको छ । 

यस अवधिसम्म नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २१ करोड ५६ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ६६० मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्