ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अनलाईन शेयर कारोबारमा सहभागीमध्ये ५२ % लगानीकर्ताको मात्र सक्रिय सहभागीता

२०७७ फागुन, १०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन १०, काठमाडौं । धितोपत्र दोस्रो बजारमा लागू भएको अनलाईन कारोबारका लागि ३ लाख ७६ हजार २६१ लगानीकर्ताहरु सहभागी भएका छन् ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले फागुन ९ गतेसम्ममा उक्त संख्यामा लगानीकर्ताहरु अनलाईन कारोबार प्रणालीमा जोडिएका हुन् । कुल लगानीकर्ताहरुमध्ये सक्रिय कारोबारमा १ लाख ९५ हजार ९८९ जनामात्र सामेल भएको नेप्सेले बताएको छ ।

नेप्सेको तथ्याङ्कलाई आधार मान्दा कुल अनलाईन ग्राहकमध्ये ५२ प्रतिशत मात्र कारोबारमा सक्रिय सहभागी भएको देखिन्छ । विश्वव्यापी रुपमा कारोबार गर्ने पहुँच भएको अनलाईन कारोबार प्रणालीलेनै नेपालको शेयर बजारले आजको दिनमा उच्च विन्दु कायम गरिरहेको छ ।

नेप्सेले आजको दिनमा नेपालको शेयर बजारमा १० अर्ब रुपियाँमाथिको कारोबार हुनुलाई अनलाईन प्रणालीकै महत्वपूर्ण भूमिका रहेको बताएको छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले हाल दोस्रो बजारमा ८० प्रतिशतभन्दा माथि अनलाईन कारोबारमार्फतनै कारोबार हुने गरेको बताए ।

उनका अनुसार पछिल्लो समय दोस्रो बजारमा लगानीकर्ताहरु थपिने क्रममले पनि तिव्रता पाएको छ । फागुन ९ गतेदेखि दोस्रो बजारमा कारोबारका लागि खाता खोल्नेको संख्या ५ लाख ५० हजार ४०९ पुगेको जानकारीसमेत उनले दिए । 

नेप्सेले सार्वजनिक गरेको अनलाईन ग्राहकको तथ्याङ्कमा ५० ओटा ब्रोकर कम्पनीहरुमध्ये ब्रोकर नम्बर ३८, दिपशिखा धितोपत्र कारोबार कम्पनीबाट सबैभन्दा बढी संख्यामा अनलाईन ग्राहक बनेको देखिएको छ ।

उक्त ब्रोकर कम्पनीमा २८ हजार ४२८ जना ग्राहक रहेकोमा १६ हजार ४२२ जनाले अनलाईन युजर नेम र पासवर्ड लिएका छन् । तीमध्ये ६ हजार ६१५ जनाले मात्र सक्रिय भएर अनलाईन कारोबार गरिरहेका छन् । 

 

 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्