ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

२०.१३ अंकले घटेको बजारमा इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार (१ बजेको अपडेट)

२०७७ फागुन, १०  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

फागुन १०, काठमाडौं । सोमवार कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक २० दशमलव १३ अंकले घटेर २ हजार ६२० दशमलव २१ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक शून्य दशमलव ७६ प्रतिशतले घटेको हो । 

दोस्रो घण्टाको अवधिमा २०३ ओटा कम्पनीको रू. ४ अर्ब ५५ करोड ५८ लाख ८९ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

दोस्रो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये जलविद्युत, अन्य र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स, विकास बैंक, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र जीवन बीमा समूहको परिसूचक घटेको छ । जसमध्ये जलविद्युत समूहको परिसूचक सर्वाधिक २ दशमलव ९२ प्रतिशतले बढेको छ । 

यस अवधिसम्म नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २७ करोड ७१ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ६६० मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा निर्धन उत्थान लघुवित्त रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. १ हजार ६३० मा रू. २० करोड ६० लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्