ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेप्सेमा एभरेष्ट बैंक र प्राइम लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

२०७७ फागुन, १०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन १०, काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एभरेष्ट बैंक र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । 

एभरेष्ट बैंकको ४२ लाख ३५ हजार १०३ दशमलव ४२ कित्ता बोनस शेयर र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको १५ लाख ८१ हजार २५३ कित्ता बोनस शेयर सूचीकृत भएको हो । 

यी दुवै कम्पनीको शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । 

एभरेष्ट बैंकले पुस २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो भने प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले पनि पुस २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्