ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र विक्री गर्ने

२०७७ फागुन, १०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन १०, काठमाडौं । नेपाल राष्ट्र बैंकले रू. १० अर्ब बराबरको विकास ऋणपत्र विक्री गर्ने भएको छ । कम्पनीले ८ वर्ष सम्मका लागि विकास ऋणपत्र २०८५ विक्री गर्न लागेको हो ।

यस ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरीद गर्न सक्नेछन् । 

ऋणपत्रको व्याजदर बोलकबोलको माध्यमबाट विक्री हुने कम्पनीले जानकारी गराएको छ । यस ऋणपत्र धितो राखी कर्जा लिन र दिन पाइनेछ  । ऋणपत्रका बोलकबोल फागुन ११ गते मंगलवार अपरान्ह ३ बजेसम्म रहेको छ । 

आगामी फागुन १२ गते निष्कासन भएर उक्त ऋणपत्रको सावाँ २०८५ साल फागुन १२ गते भुक्तानी हुनेछ । इच्छुक खरीद कर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धीको रुपमा भाग लिन सक्नेछन् । ब्याजदर अर्धवार्षिक रुपमा हुने र आर्जिन ब्याजमा व्याजरकर लाग्ने राष्ट्र बैंकले जानकारी गराएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्