ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

हकप्रद निष्कासनका लागि अपि पावरले धितोपत्र बोर्डसँग माग्यो अनुमति 

२०७७ फागुन, १०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन १०, काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले दोस्रो चरणमा आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेको छ । 

कम्पनीले १ बराबर शून्य दशमलव २९ को अनुपातमा ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर विक्रीको अनुमति माग्र्दै फागुन ९ गते बोर्डमा निवेदन दर्ता गराएको हो । हकप्रद शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

कम्पनीले पहिलो चरणमा गत कात्तिक १४ देखि मंसिर ४ गतेसम्म १ बराबर शून्य दशमलव ४७ को अनुपातमा हकप्रद शेयर विक्री गरेको थियो । कम्पनीले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माणका लागि थप पूँजी जुटाउन हकप्रदको सहारा लिएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्