फागुन १०, काठमाडौं । कमारी क्यापिटलले कुमारी इक्विटी फण्ड सञ्चालनमा ल्याउने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट फागुन ३ गते इकाई निष्कासनको अनुमति पाएसँगै फागुन १४ गतेदेखि सामुहिक लगानी कोष कुमारी इक्विटी फण्डको इकाई विक्री गर्न लागेको हो । क्यापिटलले प्रतिइकाई रू. १० अंकित दरको ८ करोड इकाई विक्रीमा ल्याउनेछ ।
यो १० वर्षे बन्दमुखी योजना हो । १५ प्रतिशत इकाइ कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधारणलाई विक्री गर्नेछ । यस योजनामा न्यूनतम १०० इकाई र अधिकतम ८० लाख इकाईको लागि आवेदन गर्न सक्नेछन् । यस योजनाको इकाईमा फागुन १८ गतेसम्म आवेदन गर्न सकिनेछ ।
उक्त समय अवधिमा विक्री नभएमा फागुन २८ गतेसम्म आवेदन गर्न पाउने क्यापिटलले जानकारी गराएको छ ।
१० वर्ष अवधिको यस योजनाको इकाईमा लगानीकर्ताले बार्डबाट आस्बा अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट आवेदन दिन सक्नेछन् । कोष व्यवस्थापक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।