ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

‘माउन्ट के टू’ आरोहण गर्ने टोलीलाई उद्योग परिसंघद्वारा सम्मान तथा स्वागत 

२०७७ फागुन, १०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

फागुन १०, काठमाडौं । विश्वको दोस्रो अग्लो हिमाल ‘माउन्ट के टू’ का आरोहीहरुलाई नेपाल उद्योग परिसंघले सम्मान तथा स्वागत गरेको छ । 

हालै राजधानीमा आयोजित औपचारिक स्वागत तथा सम्मान समारोहमा परिसंघका अध्यक्ष सतिशकुमार मोरसहितको टोलीले के टू आरोही निर्मल पूर्जा र आरोहण दललाई  सम्मान तथा स्वागत गरेको हो  ।

सो अवसरमा उनले कीर्तिमानी एवं साहसिक आरोहणबाट आफ्नो मात्र हैन नेपाल र नेपालीको शिर उच्च बनाउँदै हिमालय आरोहणमा विश्व रेकर्ड कायम गर्न सफल भएको चर्चा गर्दै साहसिक आरोहणप्रति नेपाल उद्योग परिसंघले स्वागत गर्ने बताए ।

आरोहणबाट नेपालको प्राकृतिक सौन्दर्यता र ऐतिहासिक महत्व विशेषका क्षेत्रहरुलाई विश्वमा परिचित गराउन र कीर्ति फैलाउन ठूलो बल मिलेको धारण राख्दै अध्यक्ष मोरले हिमालयको संरक्षण, पर्यटन प्रवर्द्धन र विशेषतः दूर्गम क्षेत्रको आर्थिक गतिविधि बढाउन मात्र होइन दुरदराजका बासिन्दाहरूको जीवनस्तर उकास्न मद्दत पुग्ने बताए । 

यसैगरी परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले नेपालको नाम विश्वभर स्थापित गराएकोमा आरोहण टोलीलाई बधाई दिदै कोभिड–१९ का कारण थलिएको पर्यटन क्षेत्रलाई सहयोग  पुगेको बताए ।

त्यस्तैं टुरीजम कमिटिका संयोजक पम्पा धमलाले नेपाली आरोहीले विश्वको दोश्रो हिमाल के टु को सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नु आफैमा गौरवको विषय  भएको बताइन् । 

टोलीले माघ  ३ गते विश्वको दोस्रो अग्लो (८ हजार ६११ मिटर) चुचुरो के टूको आरोहण गरेको थियो । १० जना नेपालीले हिउँदयाममा आरोहण गरेर विश्व कीर्तिमान बनाएको थियो । सम्मान समारोहमा परिसंघका उपाध्यक्ष्यहरु  क्रमश : अनुज अग्रवाल,राजेशकुमार अग्रवाल,सुलभ अग्रवाल र वीरेन्द्र पाण्डेको उपस्थिती थियो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्