ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

१.२४ % घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्बभन्दा माथि

२०७७ फागुन, १०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन १०, काठमाडौं । सोमवार नेप्से परिसूचक १ दशमलव २४ प्रतिशत घटेर बन्द भएको छ । यो दिन अघिल्लो कारोबार दिनभन्दा ३२ दशमलव ६७ अंक परिसूचक तल झरेको हो ।

गत साताको सोमवारदेखि निरन्तर बढेको बजार यो साताको सोमवारनै आएर घटेको हो । लगातार पाँच कारोबार दिन बढेको बजारबाट सोमवार भने लगानीकर्ताहरुले नाफा बुक गरेका छन् । नेप्से परिसूचक ३ हजार विन्दुमाथि पुग्ने विश्लेषण विश्लेषकहरुले गर्दै आएका छन् । 

यो बीचमा कारोबारमा लगानीकर्ताहरुले नाफा बुक गर्दै अघि बढ्नु सकारात्मक पक्ष भएको जानकारहरुको भनाइ छ । बजार निरन्तर बढ्नुभन्दा करेक्सन हुँदै बढ्दा बजारले सहि गति लिने विश्लेषण जानकारहरुको छ ।

परिसूचक घटबढ हुनु बजारको सौन्दर्य रहेको उल्लेख गर्दै बजार सम्बद्ध जानकार व्यक्तिहरुले सोचेर लगानी गरे घटेको बजारमा पनि राम्रै फाइदा हुने टिप्पणी गरेका छन् । 

यसको ज्वलन्त उदाहरण सोमवारको बजारमा पनि देखिएको छ । दोहोरो उच्च अंकले घटेको बजारमा ४३ ओटा कम्पनीको शेयरमूल्य बढेको छ । यीमध्ये पनि आधा दर्जनभन्दा बढी कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि देखिएको छ ।

जलविद्युत् समूहले कमाएको सोमवारको बजारमा उच्च मूल्य वृद्धि हुनेमा अघिकांश जलविद्युत् कम्पनी रहेका छन् । यो दिन आँखुखोला जलविद्युत् कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने अन्य छ ओटा कम्पनीको शेयरमूल्य पनि ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

यसदिन नेपाल हाइड्रो डेभलोपर लिमिटेडको ९ दशमलव ९३ प्रतिशत, अपर तामाकोशीको ९ दशमलव ८३ प्रतिशत, चन्द्रागिरी हिल्स लिमिटेडको ९ दशमलव ६७ प्रतिशत, शिवश्री हाइड्रोपावर लिमिटेडको ९ दशमलव ६३ प्रतिशत, सनराइज फष्र्ट म्युचुअल फण्डको ९ दशमलव ५९ प्रतिशत र खानीखोला हाइड्रोपावर कम्पनीको ९ दशमलव ४० प्रतिशतले शेयरमूल्य बढेको छ ।

यसदिन बैंकिङ, व्यापारिक र विकास बैंक समूहले सर्वाधिक गुमाएका छन् । सेञ्चुरी बैंक, सिभिल बैंक र मेगा बैंकको शेयरमूल्य यो दिन ५ प्रतिशतभन्दा बढीले घटेको छ । 

सेञ्चुरी कमर्सियल बैंकको प्रतिकित्ता रू. १६ ले घटेर अन्तिम मूल्य रू. २७४, सिभिल बैंकको प्रतिकित्ता रू. १४ ले घटेर अन्तिम मूल्य रू. २४९ र मेगा बैंकको प्रतिकित्ता रू.१७ ले घटेर अन्तिम मूल्य रू. ३१० कायम भएको हो । यो दिन नबिल इक्वीटी फण्डको इकाई मूल्य पनि ५ दशमलव शून्य २ प्रतिशत घटेर प्रति इकाई रू. १२ दशमलव ११ कायम भएको छ ।

सोमवार १२ ओटा समूहगत परिसूचकमध्य जलविद्युतको २ दशमलव २६ प्रतिशत र अन्य समूहको १ दशमलव २९ प्रतिशत बढेको छ भने बाँकी समूहको घटेको छ । यो दिन सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ९२ प्रतिशत अर्थात् ९ दशमलव २२ अंक घटेर ४७० दशमलव ३६ विन्दुमा झरेको छ । 

सोमवार २०७ ओटा कम्पनीको रू. ८ अर्ब ४० करोड ६३ लाख १० हजार बराबरको २ करोड १६ लाख १४ हजार बराबरको शेयर कारोबार भएको छ । कुल कारोबारमा सर्वाधिक हिस्सा यो दिन एनआईसी एशिया बैंकले ओगटेको छ । उक्त कम्पनीको रू. ३८ करोड २४ लाख ७५ हजार बराबरको शेयर खरीदविक्री भएको हो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्