ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सल्यानको पर्यटन क्षेत्रको पूर्वाधार विकासमा ८० लाख खर्च गरिदैं

२०७७ फागुन, १०  
कर्णाली प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

फागुन १०, सल्यान ।  यस जिल्लामा पर्यटन क्षेत्रको पूर्वाधार विकासमा ८० लाख रुपियाँ खर्च गरिने भएको छ ।

जिल्लामा रहेका बिभिन्न प्राकृतिक तथा धार्मिक सम्पदाको पूर्वाधार विकासका लागि उक्त रकम खर्च गर्न लागिएको हो । प्राकृतिक तथा साँस्कृतिक सम्पदाले अब्बल मानिएको सल्यानमा चालू आर्थिक वर्षमा ती सम्पदाहरुको पूर्वाधार विकास गर्न लागिएको डिभिजन वन कार्यालय सल्यानले बताएको छ । 

जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र कुपिण्डे ताल, खैरावाङ मन्दिर, चाँदनी साततले गुफा र लक्ष्मीपुर शक्तिपिठमा पूर्वाधार विकास गर्न लागिएको हो । प्राकृतिक तथा साँस्कृतिक सम्पदाको संरक्षण गर्दै पर्यटन विकासमा टेवा पुर्‍याउने उद्धेश्यले पूर्वाधार विकासको काम शुरु गरिएको कार्यालयले बताएको छ ।

 चालू आर्थिक वर्ष २०७७/ ०७८ मा कर्णाली प्रदेश सरकारको विनियोजित वजेटबाट वन कार्यालयमार्फत जिल्लामा पर्यटन पूर्वाधारको काम गरिने छ । जसअनुसार चालू आवमा जिल्लाका चार ओटा पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास गर्न थालिएको डिभिजनल वन अधिकृत रमेश कुमार गिरीले जानकारी दिए ।

जसअन्तर्गत कुपिण्डे ताल वरिपरि पथ निर्माणको लागि २५ लाख, खैरावाङ मन्दिर जोड्ने चैवाङदेखि खैरावाङसम्मको मोटर बाटोको लागि २५ लाख, चाँदनी सातसते गुफा लेखपोखरामा पुर्वाधार विकासको लागि १५ लाख र लक्ष्मीपुर पर्यटन पूर्वाधार विकासको लागि १५ लाख विनियोजन भएको छ ।

वजेट विनियोजन भएका जिल्लाका पर्यटकीय क्षेत्रहरुमा पूर्वाधार विकासको लागि सम्झौताको तयारी भइरहेको छ । गत वर्ष जिल्लाका छ ओटा पर्यटकीय क्षेत्रमा पूर्वाधार विकासको लागि २ करोड रुपियाँ बराबरको वजेट विनियोजन गरिएको थियो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्