ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मेलम्ची खानेपानीको सुरुङमा पुन : पानी भरेर परीक्षण शुरु        

२०७७ फागुन, १०  
वाग्मती प्रदेश
Image Not Found

फागुन १०, सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको साढे २६ किलोमिटर सुरुङमा सोमवार पुनः पानी भर्न थालेर परीक्षण शुरु गरिएको छ ।     

खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण गरिएको हो ।

खानेपानीमन्त्री मणि थापा, युवा तथा खेलकूदमन्त्री दावा तामाङ, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र पूर्वकानूनमन्त्री शेरबहादुर तामाङलगायतले सोमवार सो कार्यको शुभारम्भ गरेका हुन् । आयोजनास्थल अम्बाथान सुरुङमा नै औपचारिक कार्यक्रम गरेर काम अगाडि बढाइएको हो ।     

गत असार २१ गतेदेखि पानी परीक्षण शुरु गरेको आयोजनाले ३० गते १७ नं गेट फुटेर परीक्षण स्थगित गरिएको थियो । सो घटनामा दुई जनालाई खोलाले बगाएको समेत थियो । दुई जनामध्ये एकजनाको शव फेला परेको छ भने एकजनाको शव अझै फेला परेको छैन ।     

मन्त्री थापाले पानी काठमाडौं लगेर वितरण गर्न सक्यो भने ठूलो उपलब्धि हासिल हुने बताए । उनले आयोजनाका बारेमा आफूलाई खासै ज्ञान नभएको भन्दै सचिव र इन्जिनीयरसँग समन्वय गरिरहेको बताए । उनले पानी लगिसकेपछि काठमाडौँले सिन्धुपाल्चोकको विकास निमार्णको काममा उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिए ।     
     
आयोजनाको मुख्य दातृ निकाय एसियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगअन्तर्गत चार जना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायत संरचनाको पुनः जाँच गरेको थियो ।     
     
विगतको जस्तो दुर्घटना नहोस् भन्नका लागि आयोजनाले यसपालि विशेष सतर्कता अपनाएको आयोजनाका कार्यकारी निर्देशक तिरेश खत्रीले बताए । परीक्षणका क्रममा हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको छ । उद्धार योजना बनाएर धुलिखेल तथा काठमाडौँका विभिन्न अस्पतालसँग समन्वय गरिएको छ ।     
     
कार्यकारी निर्देशक खत्रीका अनुसार सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौंको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्नेछ । शुरूआती चरण भएकाले सुरुङको क्षमताअनुसार पानी नछाडिने उनले बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्