ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

प्रधानमन्त्री ओलीद्वारा छेला औद्योगिक क्षेत्रको शिलान्यास

औद्योगिकरणले देश समृद्ध बन्छ : प्रधानमन्त्री ओली

२०७७ फागुन, १०  
सुदूरपश्चिम प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता


फागुन १०, महेन्द्रनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्नुभएको छ । स्थापना भएको लामो समयपछि प्रधानमन्त्री ओलीले सोमवार औद्योगिक क्षेत्रका शिलान्यास गर्नु भएको हो ।

प्रधानमन्त्रीले शिलान्यास गरेसँगै अब औद्योगिक क्षेत्रको निर्माण कार्यले गतिले लिने अपेक्षा गरिएको छ । विसं २०५२ मा मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला औद्योगिक क्षेत्र निर्माणका लागि प्रस्ताव गरिए पनि भौतिक निर्माण कार्य अगाडि बढ्न सकेको थिएन ।

९ अर्ब  रुपियाँको लागतमा पाँच वर्षभित्र सो औद्योगिक क्षेत्र निर्माण हुने छ । औद्योगिक क्षेत्रका लागि बेदकोट नगरपालिकाले ९०० बिघा जग्गा उपलब्ध गराएको भए पनि हाल ३५० बिघा जग्गामा भौतिक संरचना बन्ने बताईएको छ ।

औद्योगिक क्षेत्रको डीपीआर अनुसार १२४ ओटा प्लटमा साना, मझौला र ठूला गरी ११७ ओटा उद्योग स्थापना हुने छन् जसबाट २२ जना हजार बढीले रोजगार पाउने छन् । यस अघिनै जनचेतना सामुदायिक वनको २०० हेक्टर र बेदकोट सामुदायिक वनको ४५० हेक्टर जग्गााको भोगाधिकार बालाजु औद्योगिक लिमिटेडको नाममा गरिएको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडकोे उच्च्स्तरीय टोलीले दुई पटक अनुगमन गरी विसं २०५२ र २०६६ सालमा वेदकोटको छेलामा औद्योगिक क्षेत्र बनाउन उपयुक्त ठहर गर्दै मन्त्रालयमा राय पेश गरेको थियो । २९३ बिघा जग्गामा साना, मझौला र ठूला गरी ३०० ओटा उद्योग सञ्चालन गर्न सकिने त्यही बेलाको प्रस्तावमा उल्लेख थियो ।

त्यसपछि आव २०७१/ ७२ को बजेटमा सुदूरपश्चिम क्षेत्रको विकासका लागि औद्योगिक क्षेत्र स्थापनाको कार्यलाई उच्च प्राथमिकतामा राखिएपछि अध्ययनको कार्य गरिएको थियो । दैजी छेला औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय मूल्याङ्न प्रतिवेदन तयार भइसकेको छ । 

औद्योगिकरणले देश समृद्ध बन्छ : प्रधानमन्त्री ओली
 

 प्रधानमन्त्री केपी शर्मा ओलीले औद्योगिकरणले  देशलाई  आर्थिक रुपमा समृद्ध बनाउने बताएका छन् । सोमवार वेदकोट नगरपालिका–२, छेलामा दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो ।

‘औद्योगिकरणले रोजगारी सृजना गर्छ, स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्छ’, उहाँले भन्नुभयो, ‘औद्योगिकरणले सीप र उद्यमसिलताको विकाससँगै प्रविधिको विकास र हस्तान्तरण हुन्छ ।’  

औद्योगिक क्षेत्रको निर्माणपछि रोजगारी प्राप्त हुने जनाउँदै प्रधानमन्त्रीले सीप विकास र तालीमबाट दक्ष जनशक्ति उत्पादन हुने र सुदूरपश्चिम क्षेत्र विकासको गतिमा अघि बढ्ने बताउनुभयो । साथै उहाँले देशका सबै प्रदेशमा विशेष आर्थिक क्षेत्रहरु अगाडी बढाएको बताउनुभयो । 

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सुदूरपश्चिममा उद्योग, पर्यटन, व्यापारले प्रदेशमा आर्थिक रुपले समृद्ध बन्छ ।’ 

दोधारा चाँदनी क्षेत्रमा भारतसँगको महाकाली सन्धि बमोजिम १० क्युसेक पानी नेपालले पाउनुपर्नेमा नपाएकामा अब प्राप्त गर्नका लागि भारतसँग वार्ता भइरहेको जानकारी दिंदै प्रधानमन्त्रीले छ महीनाभित्र विस्तृत सर्भेको काम पूरा गरी नहर निर्माणको काम शुरु हुने पनि बताउनुभयो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्