ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपाल सुपर लिग फुटबल प्रतियोगिता वैशाखको दोस्रो सातादेखि        

२०७७ फागुन, १०  
खेल विविध
Image Not Found

फागुन १०, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिता आगामी वैशाख महीनाको दोस्रो सातादेखि शुरु हुने भएको छ ।     
     
 नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले आयोजना गर्ने उक्त प्रतियोगिता वैशाख ११ गतेदेखि सञ्चालन हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सञ्चालन हुने उक्त प्रतियोगिता वैशाख २५ गतेसम्म चल्ने आयोजक संस्थाले बताएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को प्राविधिक सहयोगमा हुने सो लिगमा सात ओटै प्रदेशको सात ओटा टोलीको सहभागिता रहने छ ।     
     
 प्रतियोगिता राउण्ड रोबिन लिगको आधारमा हुनेछ । प्रत्येक टोलीमा तीन जना विदेशी खेलाडी राख्न पाइने प्रावधान छ । खेलाडीको छनोट अक्सनबाट हुनेछ । अक्सनबाट प्रत्येक टोलीले २० जना खेलाडी छनोट गर्न पाउने आयोजक संस्थाले बताएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्