फागुन १०, काठमाडौं । नेपाल फाइनान्सले आफ्नो चौथो शाखा रुपन्देहीको सैनामैनामा खोलेको छ ।
रुपन्देहि जिल्लाको सैनामैना नगरपालिका मुर्गिया बजारमा खोलेको शाखाको उद्घाटन कम्पनीका सञ्चालक दिप्रश शाक्यले गरेका हुन् ।
निजी क्षेत्रको लगानीको नेपालको पहिलो फाइनान्स कम्पनीको रुपमा २०४९ सालमा स्थापना भएको कम्पनीको हाल कमलादी, काठमाडौंमा केन्द्रिय कार्यालय सहित ललितपुरको पुल्चोक र काभ्रेपलाञ्चोको बनेपामा शाखा कार्यालय सञ्चालनमा ल्याइ सकेको छ ।
त्यसैगरी नेपाल फाइनान्स लिमिटेडले ललितपुर फाइनान्सलाई प्राप्तिका लागि प्रारम्भिक सम्झौता गरी सकेको छ । ललितपुर फाइनान्सलाई प्राप्ति गरिसके पछि कम्पनीको चुक्तापूँजी करीब ५५ करोड पुग्नेछ भने १ बराबर १ दशमलव ७५ (१:१.७५) का दरले हकप्रद शेयर जारीका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरीसकेको छ ।