ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पश्मिना निर्यातमा ३६ प्रतिशतले ह्रास

२०७७ फागुन, ११  
१० वर्ष अघि
NA

नेपालबाट बाहिरी मुलुकमा हुने पश्मिना निर्यातमा यो वर्ष निकै कमी आएको छ । नेपाल हस्तकला संघको तथ्यांकअनुसार गत आव २०६६/०६६ को चैत्र मसान्तसम्म ५७ करोड ३६ लाख ५२ हजार ४६० रुपैयाँ बराबरको पश्मिना निर्यात भएको थियो । यो आव ०६६÷०६७ को सोही अवधिमा जम्मा ३६ करोड ८४ लाख ८५ हजार रुपैयाँको मात्र निर्यात भएको छ ।

गत वर्षको तुलनामा यो वर्ष कुल ३५.५९ प्रतिशतले निर्यातमा ह्रास आएको छ । पश्मिना निर्यातमा ह्रास आउनुुका कारणहरूमध्ये यसको अस्थिर गुणस्तर एक रहेको नेपाल पश्मिना व्यापार संघका अधिकारी माण्डुबाबु अधिकारीले बताए । उनका अनुसार भौगोलिक विकटता एवं प्रशोधन गर्ने मेसिन नहुँदा हाम्रै छिमेकी भेगमा पाइने च्याङ्ग्राको भुवा चाइनालाई सस्तोमा बेचेर कच्चापदार्थको रूपमा पश्मिना बुन्न पुनः महँगोमा किन्नुपर्ने बाध्यता छ । बाहिरबाट ल्याउनुपर्ने हुँदा गुणस्तरमा अस्थिरता देखापरेको अधिकारी बताउँछन् । उनका अनुसार हाल नेपालमा लगभग ५ सय पश्मिना उद्यमीहरू छन् ।

नेपालबाट युरोप अमेरिकालगायत ५० भन्दा बढी देशहरूमा पश्मिना निर्यात हुने गरेको छ । ती मुलुकहरूमध्ये अमेरिकामा सबैभन्दा बढी निर्यात हुने गर्छ । नेपाल हस्तकला संघको तथ्यांक अनुसार हालसम्म सबैभन्दा बढी आव ५६/५७ मा ५ अर्बभन्दा बढी मूल्यको निर्यात भएको थियो । त्यसबेला बेलायती रानी एलिजावेथले एक समारोहमा सरिक हुँदा नेपाली पश्मिना लगाएकी थिइन् । त्यसैताका अन्तर्राष्ट्रिय फेसन शोमा मोडेलहरूले नेपाली पश्मिना मोडलिङ गरेका थिए ।

वर्ष ५, अंक ३९, २०६७, जेठ १७–२३

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्