काभ्रे । काभ्रेको पाँचखाल नगरपालिका–३ मा सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । नागरिकलाई घरआँगनमै स्वास्थ्य सेवाको पहुँच पु¥याउने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याइएको हो ।
आन्तरिक व्यवस्थापनमा ल्याइएको सेवा केन्द्र नगरपालिकाकै कर्मचारीलाई व्यवस्थापन गरेर सञ्चालन भएको नगरपालिकाले जनाएको छ । स्वास्थ्य केन्द्र उद्घाटन गर्दै नगरप्रमुख महेश खरेलले प्रत्येक नागरिकको घरघरमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सहरी स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको बताए । ६५ वर्षभन्दा माथिका उमेर समूहका आमाबुबालाई घरघरमै पुगेर मुस्कानसहित स्वास्थ्य जाँच गरिने उनले जानकारी दिए । रासस