ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

‘माउन्ट के टू’ आरोहण टोलीलाई परिसंघको स्वागत

२०७७ फागुन, ११  
बजार
NA

काठमाडौं (अस) । नेपाल उद्योग परिसंघले विश्वको दोस्रो अग्लो हिमाल ‘माउन्ट के टू’ का आरोहीलाई सम्मान तथा स्वागत गरेको छ । राजधानीमा आयोजित कार्यक्रममा परिसंघ अध्यक्ष सतिशकुमार मोरसहितको टोलीले के टू आरोही निर्मल पूर्जा र आरोहण दललाई सम्मानसहित स्वागत गरेको हो  ।

सो अवसरमा परिसंघ अध्यक्ष मोरले नेपालको निजी क्षेत्रको प्रमुख संस्थाको हैसियतमा आरोही टोलीलाई सम्मान गर्ने अवसर जुटेको बताए । आरोहीको कीर्तिमानी एवं साहसिक कार्यबाट नेपाल र नेपालीको शिर उच्च भएको उनको भनाइ छ । आरोहणबाटै नेपालको पर्यटन विश्वमा परिचित हुने हुँदा यसबाट हिमालको संरक्षण र दुर्गम क्षेत्रको आर्थिक गतिविधिमा पनि सहयोग पुग्ने अध्यक्ष मोरले बताए । परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले नेपालको नाम विश्वभर स्थापित गराएकामा आरोहण टोलीलाई बधाई दिए । कोभिड–१९ का कारण थलिएको पर्यटन क्षेत्रलाई विश्वभर चिनाउन आरोहण टोलीको सफलताले मद्दत पुगेको उनले बताए । आरोहण सफलताको समाचार विश्वभरका साढे ५ अर्ब जनसंख्यामा पुगेकाले यसबाटद नेपालको पर्यटन क्षेत्र परिचित हुन पाएको अग्रवालको धारणा छ ।

टुरिजम कमिटीका संयोजक पम्पा धमलाले आरोहीले कायम गरेको यो सफलतापछि नेपालको पर्यटन क्षेत्र विश्वका लागि परिचित भएको बताए । कार्यक्रममा परिसंघका उपाध्यक्ष क्रमशः अनुज अग्रवाल, राजेशकुमार अग्रवाल, सुलभ अग्रवाल र वीरेन्द्र पाण्डे उपस्थि थिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्