ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

स्याङ्जा–पाल्पा जोड्ने मोटरेबल पुल शिलान्यास

२०७७ फागुन, ११  
गण्डकी प्रदेश
Image Not Found

फागुन ११, स्याङ्जा । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले स्याङ्जा र पाल्पा जोड्ने मोटरेबल पुलको सोमवार शिलान्यास गरेकी छन् । 

सो पुलले स्याङ्जाको कालीगण्डकी र पाल्पाको बगनासकाली गाउँपालिका दपुर्क जोड्ने छ ।

विसं २०७७ भदौ १ गते सम्झौता गरिएको मोटरेबल पुल सम्झौताको ३३ महीनामा सक्नु पर्ने समयसीमा छ । गौरी पार्वती न्यू टेक्निकल जेभी कुपन्डोलले निर्माणको जिम्मा लिएको पुल पिएस र भ्याटसहित रू. १५ करोड ३९ लाख २८ हजार ६७९ र ५० पैसामा सम्झौता भएको हो । 

१ दशमलव ७५ मिटर दायाँबायाँ फुटपाथ रहने पुल ११ मिटरको चौडाइको हुनेछ । १२० मिटर लम्बाइको पुल दुई स्पान रहने सडक डिभिजन कार्यालयका प्रमुख भीमार्जुन कंँडेलले जानकारी दिए । ओपन फाउण्डेशनमा बन्ने पुल योजना पश्चिम क्षेत्र सेक्टर नं ४ पाल्पाले हेर्नेछ ।

सो अवसरमा मन्त्री अर्यालले मुलुकका हरेक पालिकामा बृहत् खानेपानी योजना शुरु भएको र यही सरकारका कार्यकालमा देशका ३९६ स्वास्थ्य केन्द्र शिलान्यास भएकामा तीमध्ये केही सकिएको र केही निर्माणाधीन रहेको बताइन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्