फागुन ११, काठमाडौं । मंगलवार नेपाल इन्फ्रास्टक्चर बैंकको शेयर मूल्य १० प्रतिशतले घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५९४ मा झरेको हो ।
कारोबार भएको ५ मिनेटमा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता रू. ७२६ पुगेको थियो । पुन : खरीदकर्ताभन्दा विक्रेता हावी हुँदा कम्पनीको शेयर मूल्य १० प्रतिशतले घटेको हो ।
यो समाचार तयार पार्दाको समय ११ : ४० बजेसम्ममा कम्पनीको शेयर मार्केट डेप्थमा विक्री अर्डर ५ लाख ६६ हजार ७४ कित्ता रहेको छ भने र खरीद अर्डर १७० कित्ता रहेको छ । कारोबार भएको आधा घण्टामा कम्पनीको शेयर रू. ६० करोड २१ लाखभन्दा बढीको शेयर खरीदविक्री भएको छ ।