फागुन ११, काठमाडौं । मंगलवार शेयर बजार दोहोरो अंकले घटेको छ ।
११ बजेर ५० मिनेटको अवधिसम्म नेप्से परिसूचक ४५ दशमलव ३५ अंकले घटेको हो । घटिरहेको बजारमा १७ ओटा कम्पनीको शेयरमूल्य भने बढेको छ । यस दिन नेपाल फाइनान्सको शेयरमूल्य ९ दशमलव ९३ प्रतिशतले बढेको छ । २९ दशमलव ३८ प्रतिशत हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएसँगै
उक्त कम्पनीको शेयरप्रति पनि लगानीकर्ताको आकर्षण बढेको देखिएको छ । मंगलवार कम्पनीकोे शेयरमूल्य ४ दशमलव ३८ प्रतिशतले बढेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १३ ले बढेर रू. ३१० पुगेको हो ।
कम्पनीले ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्कासनको लागि फागुन ९ गते बोर्डमा निवेदन दर्ता गराएको हो । हकप्रद शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
कम्पनीले यसअघि पनि गत कात्तिक १४ देखि मंसिर ४ गतेसम्म १ बराबर शून्य दशमलव ४७ को अनुपातमा हकप्रद शेयर विक्री गरेको थियो । उक्त हकप्रद शेयर पश्चात रू. १ अर्ब ९२ करोड ९७ लाख ५६ हजार चुक्तापूँजी कायम गरेको कम्पनीले सोही पूँजीको आधारमा हकप्रद शेयर विक्री गर्न लागेको हो ।
यस वर्ष कम्पनीले ९ प्रतिशत बोनस शेयर समेत वितरण गरेको छ । कम्पनीले दोस्रो चरणमा विक्री गर्न लागेको २९ दशमलव ३८ प्रतिशत हकप्रद शेयर पश्चात कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ४९ करोड ६८ लाख ५६ हजार पुग्नेछ ।
कम्पनील ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजना निर्माणका लागि थप पूँजी जुटाउन हकप्रदको सहारा लिएको हो ।