ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आपतकाल हटाउनेबारे छलफल गर्दै जापान सरकार

२०७७ फागुन, ११  
अन्तरराष्ट्रिय
Image Not Found

फागुन ११, टोकियो । ओसाका र क्योटोसमेत पाँच ओटा प्रिफेक्चरमा कोरोना भाइरसको महामारी नियन्त्रण गर्न लगाइएको आपतकाल हटाउने विषयमा जापानी प्रधानमन्त्री योशिहिदे सुगा र कोरोना भाइरस नियन्त्रणको जिम्मा पाएको मन्त्रालयहरुले विचार गर्ने अपेक्षा गरिएको छ । 

करीब तीन महीनामा टोकियोमा दैनिक नयाँ संक्रमितको संख्या २०० भन्दा तल आएको छ । तर सरकार भने स्वास्थ्य प्रणालीमाथिको दबाब उद्धृत गर्दै मार्च ७ मा सकिने क्रममा रहेको आपतकाल हटाउने विषयमा सावधान देखिएको छ ।

ओसाका, ह्योगो र क्योटो गभर्नरहरुले केन्द्र सरकारलाई आ–आफ्नो प्रिफेक्चरमा समय अगावै आपतकाल हटाउन आग्रह गर्ने योजना बनाएका छन् । 

कान्साई क्षेत्रमा नयाँ संक्रमित र अस्पतालमा भर्ती हुनेको संख्या घटेको छ । आइची प्रिफेक्चरका गभर्नर ओहमुरा हिदेकीले पनि छिमेकी प्रिफेक्चर गिफुका अधिकारीहरुसँग यसै महीनाको अन्त्यमा आपतकाल हटाउन सम्भव छ कि हेर्न छलफल शुरु गरेका छन् ।

कोरोना भाइरस नियन्त्रणको जिम्मा पाएका आर्थिक पुनर्निर्माण मन्त्री निशिमुरा यासुतोशीले मंगलवार ओासका, ह्योगो र क्योटोका गभर्नरहरुसँग भिडियो कन्फ्रेन्स राख्ने अपेक्षा गरिएको छ । 

ओहमुरा र अरुसँग पनि उनले सोही दिन छलफल गर्नेछन् । बुधवार यी पाँच ओटा प्रिफेक्चरमा आपतकाल हटाउन मिल्छ कि मिल्दैन भनेर निशिमुराले स्वास्थ्य मन्त्री तामुरा नोरिहिसालाई भेट्ने अपेक्षा गरिएको छ ।  एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्