ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पश्चिमी वायुको प्रभावका कारण फेरी वर्षा र हिमपातको सम्भावना

२०७७ फागुन, ११  
समाचार
Image Not Found

फागुन ११, काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावले देशको आधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । 

प्रदेश नं १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।

उक्त प्रणालीको प्रभाव बुधवार बेलुकासम्म रहने छ । ठूलो पानी पर्ने सम्भावना भने रहेको छैन् ।’ उनले भनिन् । हाल देशका केही पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ । 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार मंगलवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २४ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । मंगलवार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्