ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

दोस्रो त्रैमासमा विद्युत् विक्री आम्दानी घटेसँगै बरुण हाइड्रोपावरको नाफा घट्यो

२०७७ फागुन, ११  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ११, काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६१ प्रतिशतले कमि आएको हो । गत आवको दोस्रो त्रैमासमा रू. २ करोड २९ लाख नाफा कमाएको उक्त कम्पनीको नाफा चालू आवको सोही अवधिमा रू. ८७ लाख ९३ हजारमा सिमित भएको छ ।  

चालू आवको दोस्रो त्रैमासमा कम्पनीको विद्युत् विक्री आम्दानीमा कमि आएकाले नाफा घटेको हो । गत आवको दोस्रो त्रैमासमा विद्युत् विक्री बापत रू. ५ करोड ३९ लाख आम्दानी गरेको उक्त कम्पनीको नाफा चालू आवको सोही अवधिमा रू. ३ करोड ५८ लाख ३१ लाखमा सिमित भएको हो । 

चुक्तापूँजी रू. २६ करोड ७९ लाख रहेको कम्पनीले जगेडा कोषमा रू.१ करोड १५ लाख ८७ हजार सञ्चित गरेको छ । 

कम्पनीको प्रतिशेयर आम्दानी रू. ८ दशमलव ६५, मूल्य आम्दानी अनुपात २३ दशमलव शून्य १, तरलता अनुपात ३ दशमलव ७३ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १०४ दशमलव ३३ रहेको छ । 

चालू आवमा प्रसारण लाइनका कारण आयोजना पूर्ण क्षमतामा चल्न नपाएकोले गत आवको तुलनामा आम्दानीमा गिरावट आएको कम्पनीले वित्तीय विवरणमा बताएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्