फागुन ११, काठमाडौं । मंगलवार कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक ८७ दशमलव ४९ अंकले घटेर २ हजार ५२० दशमलव १७ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक ३ दशमलव ३६ प्रतिशतले घटेको हो ।
कारोबारको दोस्रो घण्टामा नेपाल फाइनान्सको शेयरमूल्य सर्वाधिक ९ दशमलव ५९ प्रतिशतले बढेको छ भने नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।
दोस्रो घण्टाको अवधिमा १९८ ओटा कम्पनीका रू. ५ अर्ब १३ करोड १९ लाख ६० हजार बराबरको शेयर खरीदविक्री भएको छ ।
यस अवधिसम्म नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ६८ करोड ६४ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ५९४ मा कारोबार भइरहेको छ ।
दोस्रो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो । जसमध्ये जलविद्युत समूहको परिसूचक सर्वाधिक ४ दशमलव ३१ प्रतिशतले घटेको छ ।