ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तेस्रो घण्टामा २.५३ प्रतिशतले घट्यो बजार, करीब ७ अर्बको शेयर कारोबार (२ बजेको अपडेट)

२०७७ फागुन, ११  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ११, काठमाडौं । मंगलवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ६६ दशमलव शून्य ४ अंकले घटेर २ हजार ५४१ दशमलव ६२ विन्दुमा पुगेको छ । 

२ दशमलव ५३ प्रतिशतले घटेको बजारमा २०४ ओटा कम्पनीका रू. ६ अर्ब ९० करोड १२ लाख ७ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

तेस्रो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो । जसमध्ये जलविद्युत समूहको परिसूचक सर्वाधिक २ दशमलव ४९ प्रतिशतले घटेको छ । 

यस अवधिसम्म नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ७० करोड २७ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ५९४ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा अपर तामाकोशी हाइड्रोपावर रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ५६८ मा रू. ३९ करोड १२ लाख बराबरको शेयर खरीदविक्री भएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्