ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

महिला लघुवित्तको आईपीओ शुक्रवार बाँडफाँट गर्ने तयारी

२०७७ फागुन, ११  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ११, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ शुक्रवारसम्म बाँडफाँट गर्ने तयारी भएको छ । 

विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले बुधवार प्रि- अलोटमेण्ट गरी शुक्रवारसम्म बाँडफाँट गर्ने गरी तयारी भइरहेको बताएको छ । हाल डाटा भेरिफिकेसनको काम भइरहेकाले बुधवार बेलुकासम्म प्रि-अलोटमेण्ट गर्न सके शुक्रवार बाँडफाँट हुने विक्री प्रबन्धकको भनाइ छ । 

उक्त कम्पनीको आईपीओमा १५ लाख ८० हजार ७८१ जनाले आवेदन दिएका छन् । अन्तिम दिन फागुन ५ गते बुधवार साँझ ५ बजेसम्म ती आवेदकबाट २ करोड ४६ लाख ६६ हजार १७० कित्ताको लागि आवेदन परेको हो । जुन मागभन्दा ६५ दशमलव ७७ गुणा बढी हुन आउँछ । 

कम्पनीको आईपीओका लागि परेको आवेदन हालसम्मकै उच्च रहेको छ । यसअघि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा १५ लाख २९ हजारभन्दा बढीको आवेदन परेको थियो । 

कम्पनीले माघ ३० गतेदेखि सर्वसाधारणका लागि ३ लाख ७५ हजार कित्ता शेयर सार्वजनिक निष्कासन गरेको हो । प्रतिकित्ता रू. १०० अंकित दरको कुल ४ लाख कित्ता आईपीओमध्ये ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र २० हजार कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित राखिएको छ ।

यो आईपीओमा आवेदन दिदाँ न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म दिन सकिने व्यवस्था थियो । हाल कम्पनीको चुक्तापूँजी रू. ६ करोड रहेको छ । 
आईपीओ विक्री पश्चात कम्पनीको चुक्तापूँजी रू. १० करोड पुग्नेछ । आर्थिक वर्ष २०७६/ ७७ सम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू. ५७ दशमलव ८५ र प्रतिशेयर नेटवर्थ रू. ३१३ दशमलव १६ रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्