ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मेरो माइक्रोफाइनान्सद्वारा दुई दिने अभिमुखीकरण तालीम आयोजना

२०७७ फागुन, ११  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ११, काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले नयाँ कर्मचारीहरुलाई हालै दुई दिने लघुवित्त व्यवस्थापन सम्बन्धी अभिमुखीकरण तालीम दिएको छ ।

नबनियुक्त कर्मचारीहरुलाई शाखामा पठाउनु भन्दा पहिले सामाजीकरण गराउने र लघुवित्त सम्बन्धी कामहरु तथा नीति नियमको बारेमा जानकारी दिने उद्धेश्यले आयोजित तालिममा  कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले यस किसिमको तालिमले कर्मचारीहरुको कार्यकुशलता बढ्ने र कर्मचारीले यस्ता तालिमबाट आफुले सिकेको कुरा प्रयोगमा ल्याउनु पर्ने बताए ।

उनले कर्मचारीको सीप बिकास तथा तालीमको लागि अभिमुखीकरण तथा बैंकिङ्ग तालीम गर्दै आएको तथा यस्ता कार्यक्रमले कर्मचारीको आत्मविश्वासमा समेत वृद्धि गरि संस्थाको प्रतिनिधित्व गर्न थप उर्जा प्रदान गर्ने बताए ।

तालिममा ६२ जना कर्मचारी सहभागी थिए । तामिलको सहजीकरण कर्जा तथा जोखिम विभाग प्रमुख शेर बहादुर गुरुङ, योजना तथा तालिम विभाग प्रमुख उमेशमान डङ्गोल र जनशक्ति तथा प्रशासन विभागका अधिकृत रामकुमार सुवेदीले गरेका थिए ।

नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहेकाृ उक्त कम्पनीले नयाँ शाखा बिस्तार सङ्गै देशका ६० जिल्लामा १३०ओटा शाखा कार्यालय मार्फत करीब १ लाख २५ हजार घरपरिवारहरुमा वित्तीय सेवा दिंदै आएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्