ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

जापानमा लोकप्रिय बन्दै नेपाली घ्यू

२०७७ फागुन, ११  
वाग्मती प्रदेश
Image Not Found

फागुन ११, वाग्मती(हेटौंडा ) । सरकारको स्वामित्वमा सञ्चालित हैटौंडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित घ्यू जापानमा निर्यात हुन थालेपछि मागसमेत बढेको छ ।     
     
आयोजनाका प्रमुख नरेश जोशी अनुसार गत वैशाखदेखि माघ महीनासम्ममा ५१ हजार लिटर घ्यू निर्यात भएको थियो । उनले जापानमा नेपाली घ्यूको माग बढ्दै गएको र एक पटकमा ७/ ८ हजार लिटर घ्यू निर्यात हुने गरेको बताए ।

अहिलेसम्म सात पटक घ्यू निर्यात भइसकेको छ । आयोजनाले दैनिक ५०० लिटर घ्यू उत्पादन गर्ने गरेको छ । हेटौंडा औद्योगिक क्षेत्रमा ३८ रोपनी जमीनमा विसं २०३०को वैशाखमा डेनिस सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा दुग्ध विकास संस्थान अन्तर्गत आयोजना स्थापना भएको थियो । आयोजनाबाट दैनिक २५ हजार लिटर दुग्ध मकवानपुर, वारा, पर्सा , सर्लाही र रौतहट जिल्लामा सङ्कलन भइरहेको छ ।     
     
 ती मध्ये प्रशोधित ६ हजार ५०० लिटर दुग्ध र १ हजार ५०० लिटर दही दैनिक  विक्रीवितरण हुने गरेको आयोजनाले बताएको छ । आयोजनाले दैनिक ६ हजार कृषक घरपरिवारबाट दुग्ध खरीद गरी उनीहरुलाई मासिक ३ करोडदेखि ५ करोड रुपियाँसम्म भुक्तानी गर्दै आएको छ ।     

आयोजनाको प्रशोधित क्षमता प्रतिघण्टा ३ हजार लिटर दुग्ध रहेको छ । यसका साथै दही, पनीर, घ्यू, मख्खन फ्रसमिल्क, लालमोहन, रसबरी, आइसक्रिम, प्रशोधित क्रिम, पेडा र खुवालगायतका दुग्ध पदार्थ उत्पादन गरी बिक्रीवितरण भइरहेको बताइएको छ ।     
     
उत्पादित उपरोक्त दुग्ध पदार्थ वीरगन्ज, नारायणघाट र हेटौंडाको शहरी तथा ग्रामीण बजार क्षेत्रमा विक्री हुने गरेको र थप बजार क्षेत्र बढ्दै गएको आयोजनाले बताएको छ । आयोजना अन्तर्गत सात चिस्यान केन्द्र क्रमश  चन्द्रनिगाहपुर, गरुडा, नवलपुर, बरहथवा, हरैया, बसवरिया र सिम्रोनगढमा रहेको छ ।     
     
 मकवानपुरलगायत अन्य जिल्लाको दुग्ध उत्पादक सहकारी संस्थाबाटसमेत दुग्ध सङ्कलन हुने गरेको आयोजनाका अधिकृत ठाकुरदास श्रेष्ठले भने,“आयोजनाले आवश्यकता अनुसारको दूध खपतगरी बढी भएको दूध बालाजुलगायत अन्य आयोजनामा पठाउने गरेको छ ।”     
     
आयोजनाको ६० हजार लिटर दूध भण्डारण क्षमता रहेको छ । दही ३ हजार लिटर, घ्यू, मख्खन,पनीर उत्पादन क्षमताप्रति दिन ५०० केजी , फेसमिल्क,१ हजार ५०० बोतल प्रति सिफ्ट, पेडा ३६० प्याकेट प्रतिदिन र लालमोहन ९०० प्याकेट प्रतिदिन उत्पादन हुने गरेको उनले जानकारी दिए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्