फागुन ११, काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको तीन ओटा कम्पनीको संस्थापक लिलामीमा शेयरमा आवेदन गर्ने अन्तिम दिन बुधवार बैंकिङ समयसम्म रहेको छ ।
कम्पनीको स्वामित्तवमा रहेका आरएमडिसी लघुवित्त वित्तीय संस्थाको ४ लाख ३६ हजार ३६१ कित्ता, महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको ६१ हजार २०० कित्ता र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ५ लाख ९८ हजार ५८९ कित्ता संस्थापक शेयरमा लिलामी गर्न लागिएको हो ।
इच्छुक लगानीकर्ताले आरएमडिसी लघुवित्तको न्यूनतम मूल्य प्रतिकित्ता रू. ५२३, महुली लघुवित्तको रू. ८१२ र मेरो माइक्रोफाइनान्स लघुवित्तको रू. ४६३ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन गर्न सक्नेछन् ।
कम्पनीले माघ ८ गतेदेखि तीन ओटा कम्पनीको संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको थियो । शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन गर्न पाइनेछ भने अधिकतम कित्ताको लागि कुनै हद नलाग्ने कम्पनीले बताएको छ । विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।