ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तनाव बीच पनि चीन भारतको शीर्ष व्यापार साझेदार 

२०७७ फागुन, ११  
अन्तरराष्ट्रिय
Image Not Found

फागुन ११, पेचिङ (चीन) । चीन भारतको शीर्ष व्यापार साझेदार बनेको छ । दुई देश बीचको सम्बन्ध चिसिएको अवस्थामासमेत अमेरिकालाई उछिनेर चीन भारतको सबैभन्दा ठूलो व्यापार साझेदार बनेको छ ।

गत वर्ष दुई देशबीच सीमामा झडप हुँदा केही भारतीय सेनाको मृत्यु भएको थियो । भारत सरकारले २२० चिनियाँ प्रविधि एपमा प्रतिबन्धसमेत लगाएको थियो । 
सन् २०२० मा दुई देशबीचको दुईतर्फी व्यापार ७७ अर्ब ७० करोड डलर रहेको छ ।

व्यापारको यो आकार अघिल्लो वर्षको भन्दा कम भएपनि यो चीनलाई भारतको सबैभन्दा ठूलो व्यापार साझेदार बनाउन पर्याप्त रह्यो । सन् २०१९ मा भने दुई देशीय व्यापार ८५ अर्ब ५० करोड डलर रहेको थियो । 

कोरोना भाइरसको महामारी बीच विश्वको व्यापारमा अवरोध उत्पन्न भयो । तर मेडिकल उपकरण र आपूर्तिको माग भने सुदृढ नै रह्यो । 

भारतले चीनसँगको व्यापारमा कटौती गर्न आत्म निर्भर हुने र व्यापारमा कटोती गर्ने प्रयास गरेको थियो । तर यो अझै पनि चीनमा निर्मित मेशिनरी, दूरसञ्चार उपकरण र होम अप्लायन्सेजमा उच्च निर्भर छ । 

चीनबाट भारतले कुल ५८ अर्ब ७० करोड डलर बराबरको आयात गरेको छ । यो भारतले अमेरिका र संयुक्त अरब इमिरेट्स (यूएई) बाट गरेको आयातभन्दा पनि धेरै हो । अमेरिका र यूएई भारतको दोस्रो र तेस्रो ठूलो व्यापार साझेदार हुन् । एजेन्सी 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्