ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

टीभीएस ग्र्यान्ड एक्सचेन्ज मेला हुँदै

२०७७ फागुन, १२  
बजार
NA

काठमाडौं (अस) । नेपालका लागि टीभीएस टु–ह्विलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले टीभीएस ग्र्यान्ड एक्सचेञ्ज मेला गर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा फागुन १३ गतेदेखि हुने उक्त मेला फागुन १७ सम्म चल्नेछ ।

एक्सचेन्ज मेलामा ग्राहकले कुनै पनि कम्पनीका मोटरसाइकल वा स्कुटरसँग टीभीएसको नयाँ मोटरसाइकल वा स्कुटर साट्न सक्नेछन् ।

एक्सचेन्ज मेलाअन्तर्गत ग्राहकले कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटरमा बजार मूल्यभन्दा थप १५ हजार रुपैयाँसम्म मूल्यांकन पाउने कम्पनीले जनाएको छ ।

नयाँ सवारी खरिदमा १२ हजार रुपैयाँसम्मको आकर्षक छुटको व्यवस्था छ । यसैगरी सुरुआती १८ महिनासम्म ०५ ब्याजदरको विशेष सुविधाका रहेकाले यो मेला किस्ताबन्दीमा सवारी किन्न चाहनेका लागि लाभप्रद रहेको कम्पनीको भनाइ छ । किस्ताबन्दीको ईएमआई ५ हजार १९१ रुपैयाँदेखि सुरु हुनेछ । मेलाअगावै बुकिङ गर्ने ग्राहकले २ हजार रुपैयाँ बराबरको सामान सित्तैमा प्राप्त गर्नेछन् । मेलामा ग्राहकले टेस्ट राइड गरे पनि विभिन्न आकर्षक सियोरसट उपहारसहित बम्पर उपहारस्वङप थाइल्यान्ड भ्रमणको प्याकेज प्राप्त गर्ने कम्पनीले बताएको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्