ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

दराजको हाटबजार शुरु

२०७७ फागुन, १२  
बजार
Image Not Found

काठमाडौैं (अस) । अनलाइन बजार दराजले फागुन ११ मंगलबारबाट दराज जहाटबजार सुरु गरेको छ ।  दराजले ग्राहकका लागि महाडिल, शून्य ब्याजमा सजिलो मासिक किस्ता (ईएमआई), खेल १ रुपैयाँको, निःशुल्क वितरण, निःशुल्क भौचरजस्ता आकर्षक प्रस्ताव लिएर आएको छ ।

साथै, ग्राहकले दराज हाट बजारमा लुगा कपडा, नयाँ ग्याजेट, किराना सामानलगायत ५ लाखभन्दा बढी उत्पादन सुलभ मूल्यमा पाउनेछन् ।

दराज हाटबजारमा प्रदर्शित खेल १ रुपैयाँको गेममा भाग लिएर ग्राहकले १९ हजार ९९९ रुपैयाँ मूल्यको नयाँ मोटोरोला जीप्लेजस्ता पुरस्कार केवल १ रुपैयाँमा जित्न सक्नेछन् ।
यसबाहेक ग्राहकले १५ हजार ९ सय ९० रुपैयाँ मूल्यको अनरवाच म्यगिक घडीको साथमा २१ हजार ७ सय २५ रुपैयाँ पर्ने आकर्षक तीन सेटको कामिलिन्त जक सफ्ट साइड स्पिनर सुटकेस पनि जित्न सक्नेछन् । ७ हजार ८ सय ४५ रुपैयाँ पर्ने ६ महिनाको डिस होम इन्टनेट प्याकेज पनि जित्ने अवसर छ ।

किनमेललाई सुविधाजनक बनाउन दाराजले एनआईसी एशिया बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, र माछापुच्छ्रे बैंकसँग साझेदारी गरी सजिलो मासिक किस्ता सेवा (ईएमआई) सुरु गरेको छ । यसबाहेक, ग्राहकले दराज बैंक डेज छुटमार्फत डेबिट र क्रेडिट कार्डबाट प्रि–पेमेन्ट गर्दा थप १५ प्रतिशत ५ सय रुपैयाँसम्म छुट पाउन सक्नेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्