काठमाडौं (अस) । सेञ्चुरी कमर्सियल बैंक र नेपाल राष्ट्रिय व्यवसायी महासंघबीच सहुलियतपूर्ण कर्जा सम्झौता भएको छ ।
बैंकले नेपाल राष्ट्रिय व्यवसायी महासंघ एवं यसअन्तर्गतका भोटेवहाल तयारी पोसाक उत्पादन तथा विक्रेता संघ र नेपाल जुत्ताचप्पल उद्योग व्यवसायी संघसँग छुट्टाछुट्टै सम्झौता गरेको हो ।
सम्झौतापत्रमा बैंकका कृषि तथा विपन्न वर्ग कर्जा विभाग प्रमुख प्रवीनकुमार दाहाल, साना तथा मझौला कर्जा विभाग प्रमुख राजेन्द्रप्रसाद तिम्सिना र नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष श्री नरेशकुमार कटुवाल, भोटेबहाल तयारी पोसाक उत्पादन तथा विक्रेता संघ अध्यक्ष चन्द्र लामिछाने, नेपाल जुत्ताचप्पल उद्योग व्यवसायी संघका अध्यक्ष आनन्द पौडेलले हस्ताक्षर गरे ।
महासंघमा आबद्ध उद्यमी व्यवसायीलाई बैंकले सरल तथा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ । उक्त कर्जाले व्यवसायीलाई कोभिड–१९ को महामारीले पु¥याएको प्रतिकूल प्रभाव कम गरी व्यवसायमा निरन्तरता दिन, व्यवसाय वृद्धि तथा उद्यमशीलता प्रवद्र्धनमा सहयोग पुग्ने बैंकको अपेक्षा छ ।
हाल बैंकले १ सय २० शाखा, १० एक्सटेन्सन काउन्टर, २२ शाखारहित बैंकिङ र ८८ एटिएममार्फत बैंकिङ सुविधा दिँदै आएको छ ।