ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले मनायो वार्षिकोत्सव

२०७७ फागुन, १२  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक १३ औं वर्ष प्रवेश गरेको छ । वार्षिकोत्सव अवसरमा बैंकले बुटवलको कालिकानगरमा नवनिर्मित आफ्नै भवनबाट सेवा सुरु गरेको छ ।

वार्षिकोत्सव अवसरमा बैंकले पत्रकार सम्मेलन गरी राष्ट्रिय स्तरमा स्तरोन्नति भए पनि लुम्बिनी प्रदेशलाई केन्द्र मानेर समग्र बैंकिङ क्षेत्रसँग प्रतिस्पर्धा गरिने बताएको छ । बैंकलाई समुदायको भावना र चाहनाअनुसार अगाडि बढाउँदै आएको र लुम्बिनी प्रदेशबासीको पहिलो रोजाइको बैंक बनाउन सफल भएको प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए । १२ वर्षअघि ६ करोड पूँजीबाट कारोबार सुरु गरेको बैंकको चुक्ता पुँजी हाल ३ अर्ब ४० करोड र जगेडा कोष ७२ करोड गरी ४ अर्ब १२ करोड पुगेको छ  ।

बैंकले हाल ३३ अर्ब १२ करोड निक्षेप र ३० अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेको उक्त अवसरमा जानकारी दिइयो । हाल बैंकले विभिन्न स्थानमा ७८ वटा शाखा र ३ वटा एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्