काठमाडौं (अस) । ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत नुवाकोटको म्यागङ गाउँपालिका वडा–५ स्थित सामरी स्वास्थ्य चौकीलाई एक थान बेबी वार्मर वितरण गरेको छ ।
सामरी स्वास्थ्य चौकी परिसरमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकद्वारा संयुक्त रूपमा सो बेबी वार्मर प्रदान गरिएको हो ।
बेबी वार्मरले नवजात शिशुको शारीरिक तापक्रम उचित बनाइराख्न सहयोग गर्दछ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारसराज कँडेल, बैंकको सामरी शाखाका शाखा प्रबन्धक सुजन वज्राचार्य र राष्ट्रिय आविष्कार केन्द्रका सुनील बानियाँले संयुक्त रूपमा म्यागङ गाउँपालिका वडा–५ का अध्यक्ष आशा तामाङ र सामरी स्वास्थ्य चौकीका इन्चार्ज डम्बर न्यौपानेलाई सो बेबी वार्मर हस्तान्तरण गरे ।
बेबी वार्मरबाट सामरी स्वास्थ्यचौकी, सामरीमा प्रसूति सेवा लिन आउने प्रत्यक्ष लाभान्वित हुने अपेक्षा बैंकको छ ।
बैंकले यसअघि पनि ‘हाम्रो विकास प्रवद्र्धन कोष’ मार्फत राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा कपिलवस्तु सामुदायिक अस्पताल कपिलवस्तु, मध्यबिन्दु जिल्ला अस्पताल नवलपुर, महाकाली अञ्चल अस्पताल कञ्चनपुर, प्युठान जिल्ला अस्पताल प्युठान, प्राथमिक स्वास्थ्य केन्द्र महोत्तरी, आम्दा अस्पताल झापा, जिल्ला अस्पताल खोटाङलाई एक÷एक थान बेबी वार्मर प्रदान गरिसकेको छ ।