ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

शेयर किन्दा दलाललाई दिने अग्रिम रकमको व्यवस्थापन

२०७७ फागुन, १२  
लेख | दृष्टिकोण
Image Not Found

प्राथमिक शेयर भर्नेको भीड निकै बढेसँगै दोस्रो बजारमा पनि भीड बढ्दै गएको देखिन्छ । आईपीओमा परेको शेयर बेच्न पनि दोस्रो बजार प्रवेश गर्नुपर्ने भएकाले दोस्रो बजारमा किनबेच गर्न आवश्यक पर्ने सबै कुरामा व्यक्तिसक्षम भएपछि अनलाइन प्रविधिका कारण उसलाई किन्ने तलतल पनि लाग्न सक्छ र ऊ दोस्रो बजारमा कारोबार गर्न थाल्छ ।

शेयर किनेको रकम ग्राहकले तोकिएको समयभित्र अन्य माध्यमबाट दलाललाई नतिरेमा टीएमएसमा लोड गरिएको अग्रिम रकमलाई दलालले ग्राहकले शेयर किनेकोे रकम फछ्र्योट गर्न प्रयोग गर्छन् ।

जसरी बजारमा वस्तु तथा सेवा किनेपछि विक्रेतालाई पैसा तिर्नुपर्छ त्यसैगरी शेयरबजारमा पनि शेयर किनेपछि दलाललाई पैसा तिर्नुपर्छ । शेयरबजारमा शेयर खरीदकर्ताले सोझै विक्रीकर्तालाई पैसा नतिरी दलाललाई तिर्नुपर्छ । शेयर दलाल (ब्रोकर)ले पैसा प्राप्त गरेपश्चात् शेयर खरीदकर्तालाई शेयर दिन्छन् । शेयर दलाल, शेयर विक्रेता र क्रेतालाई खरीद वा विक्री (कारोबार) गर्ने वातावरण मिलाई दिन्छन् । सो गरेबापत सेवा शुल्क लिन्छन् । शेयर दलालसँग प्रणाली हुन्छ, ग्राहक हुन्छन्, कारोबार गर्ने ज्ञान हुन्छ र कारोबार गर्ने अनुमतिपत्र हुन्छ । शेयर किन्ने गर्ने वा विक्री गर्ने ग्राहकको इच्छाबमोजिमको शेयर कारोबार सम्पन्न भएपछि दलालले विक्रेतालाई पैसा दिन्छन् भने क्रेतालाई शेयर दिन्छन् । तर, शेयर कारोबार उधारोमा हुँदैन । शेयर किन्नेले जति रकम बराबरको शेयर किन्ने हो, त्यसको २५ प्रतिशत अग्रिम रकम शेयर दलाललाई सुरक्षणका रूपमा दिनुपर्छ । धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ मा कारोबार सदस्य (दलाल)ले खरीद आदेश प्राप्त गर्दा सो आदेश कार्यान्वयन हुँदा कायम हुने अनुमानित रकमको कम्तीमा २५ प्रतिशत रकम सम्बद्ध आदेश दिने ग्राहकबाट अग्रिम रूपमा लिनुपर्ने व्यवस्था रहेको छ । कारोबार अनलाइनबाटै हुने भएकाले यस्तो रकम तिर्न पनि अनलाइनका विभिन्न माध्यम प्रयोग गर्न सकिन्छ । अनलाइन कारोबारीको हकमा टीएमएसमा आफ्नो बैंक खाताबाट वा कनेक्ट आईपीएसमा आबद्ध कुनै पनि बैंक खाताबाट अग्रिम रकम लोड गर्न सकिन्छ । अफलाइन कारोबारीले ब्रोकरलाई चेक वा क्यास बुझाएर पनि यस्तो रकम जम्मा गर्न सक्छन् । अनलाइन कारोबारीले टीएमएस लगइनमा उपलब्ध सुविधाअन्तर्गत अग्रिम रकम लोड त्यो रकम सम्बद्ध शेयर दलालको बैंक खाता (जुन कारोबार रकम राफसाफका लागि तोकिएको बैंकमा खोलिएको हुन्छ) मा जम्मा हुन्छ भने त्यसको जानकारी ब्रोकरलाई तुरुन्त हुन्छ । कारोबारीले आफ्नो टीएमएसको ड्यासबोर्डमा मेरो सुरक्षण संक्षिप्त बिवरणमा देख्न सक्छ । यसरी अग्रिम रकम जम्मा गरिसकेपछि यो रकमको चार गुणासम्म रकम बराबरको शेयर किन्ने आदेश दिन सकिन्छ । नत्र भने सिस्टमले कोल्याट्रल अपुग भएकाले खरीद आदेश सम्पन्न हुन नसक्ने जानकारी गराउँछ । जति रकम बराबरको शेयर खरीद आदेश सपन्न हुन्छ । त्यसको एक चौथाइ रकम कोल्याट्रलको रूपमा प्रयोग भएको भन्ने जानकारी पनि सोही ड्यासबोर्डमा देख्न सकिन्छ ।

शेयर खरीद सफलतापूर्वक सम्पन्न भएपछि शेयर दलाललाई तिर्नुपर्ने रकम २ कार्यदिनभित्र तिरिसक्नुपर्ने प्राबधान धितोपत्र कारोबार राफसाफ तथा फछ्र्योट विनियमावली, २०६९ को विनियम १३ मा व्यवस्था गरिएको छ । शेयर किनेको रकम ग्राहकले तोकिएको समयभित्र अन्य माध्यमबाट दलाललाई नतिरेमा टीएमएसमा लोड गरिएको अग्रिम रकमलाई दलालले ग्राहकले शेयर किनेको गरेको रकम फछर्योट गर्न प्रयोग गर्छन् ।

अपुग रकमका लागि ताकेता गर्छन् । शेयर विक्री गर्दा भने अग्रिम रकम लिने व्यवस्थाबारे विनियमावलीमा उल्लेख गरिएको छैन । यसरी शेयर किन्न अग्रिम रूपमा रकम जम्मा गर्नुपर्ने प्रावधानको कार्यान्वयन भए, नभएको अनुगमन नेपाल स्टक एक्सचेन्ज लिले समयसमयमा आप्mना कारोबार सदस्यहरू (शेयर दलाल)लाई गर्ने गर्छ ।

केही समयअघि नेपाल धितोपत्र बोर्डले शेयर खरीदमा दलालले लिन २५ प्रतिशत अग्रिम रकम कार्यान्वयनमा जोड दिनुपर्ने धारणा व्यक्त गर्दा बजारमा यसको निकै विरोध भएको देखिएको थियो । हुन त कतिपय नीतिगत कुराहरू व्यवहारमा कार्यान्वयन नभएको देखिन्छ । कहिलेकहीँ व्यवहार बिग्रिँदा त्यो सच्च्याउने वा दण्डित गर्ने नीति नहुँदा पनि समस्या उत्पन्न हुने गरेको छ । व्यवसायी र ग्राहकबीचको आर्थिक व्यवहार नगद वा उधारोमा लेनदेन गर्ने विषय यिनै दुई पक्षको आपसी सहमतिमा हुने व्यवहारलाई तेस्रो पक्षले चासो राख्दा धेरैलाई यो अमिल्दो कुरा लागेको हुनसक्छ । शेयर दलालले जोखिम व्यवस्थापन गर्नकै लागि ग्राहकसँग अग्रिम रकम लिने गरेका हुन् ।

शेयर किन्नु भनेको सम्पत्ति किने गरेजस्तै हो त्यसैले यसका लागि पूँजीको जोहो वा निश्चित योजनाविना प्रायः खरीद गरिँदैन । तर, सबै ग्राहक इमानदार हुन्छन् भन्ने निश्चित हुँदैन । कोही ग्राहक शेयर किनेपछि शेयर दलाललाई पैसा समयमै नदिई झुलाइदिने पनि हुन्छन् । यसरी समयमै पैसा नदिनुका पछाडि केही कारण हुन सक्छन् । यी कारणमा शेयर खरीदकर्तालाई केही दिनको ब्याजको लोभ हुन सक्छ वा त्यही शेयर यदि दलालले डिम्याट खाता राखिदिएमा मूल्य बढेमा बेचेर लाभ प्राप्त गरी रकम फर्छ्योट गर्न सकिन्छ कि भन्ने दाउ पनि हुन सक्छ । कहिलेकाहीँ शेयर खरीदकर्ता शेयर किनेपश्चात् शेयरको मूल्य निकै घटेमा पैसा नतिरी सम्पर्कविहीन भएमा दलालले के गर्ने, कसरी रकम उठाउने भन्ने टाउको दुखाइको विषय हुने गर्छ ।

यस्तो समस्या न्यूनीकरण गर्न अग्रिम रकम लिने व्यवस्था गरिएको हो । हुन त २५ प्रतिशत अग्रिम रकम लिए पनि ग्राहकले किनेको शेयरको मूल्य तेस्रो दिनसम्म लगालग सर्किट लागेरै घट्यो भने ३० प्रतिशतसम्म मूल्य झर्ने रहेछ । २५ प्रतिशत रकम माया मारेरै ग्राहक फरार भएमा दलाललाई त्यो ७५ प्रतिशत रकम फछर्योट गर्न वा शेयर राफसाफ गर्न निकै समस्या पर्न सक्छ । नयाँ कारोबारीको संख्या थपिँदै जाँदा र कारोबार रकम बढ्दै जाँदा यस्ता समस्या बढ्दै जान्छन् । मुख्यतः बजार बढ्दो प्रवृत्तिमा हुँदा भन्दा घट्दोमा यस्ता समस्या बढी आउन सक्छ । यस्तो जोखिम न्यूनीकरण गर्न रकम फछर्योट ग्यारेन्टी कोषको व्यवस्था प्रभावकारी ढंगले सञ्चालन गरिनु जरुरी छ ।

लेखक नागरिक लगानी कोषमा आबद्ध छन् ।

प्रतिक्रिया [1]
User Image

Uswal

[Feb 27, 2021 12:02pm]

यो आर्थिक लेख जति ज्ञानबर्दक छन्। नितिनियमहरु छन् कागजका पानामा छापेको घोकन्ते विद्या जस्तो छन मलाई किन भने मैले ३ महिना अगाडि अनलाइन मा एउटा दलाल ब्रोकर कहा खाता खोलेर शेयर खरीदबिक्री गर्न शुरुमा केही पैसा deposit गरे रु दशहजार जम्मा गरे २५% डिपोजित राखेर १०० प्रतिशत खरीदगर्नसकिन्छ भनेको मेरो दशहजारभित्रमात्र खरिद गर्न पाउने Message ले देखायो र कोलातलडिपोजित मैले बढाएर ४ooooसम राखे। र केहि शेयर किने मैले ब्रोकरलाई पमेन्टत्यही कीलातलबाट system मा गरेर भुक्तानीगरे ।बाकीपैसापनि Refundगर्नखोजे system नेप्से र बोकरको हातमा रिमोट छ हाम्रो पैसा उनीहरूले चलाएरबसेको छा


प्रतिक्रिया दिनुहोस्