ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

२.३५ % घट्यो नेप्से, ४ अर्बभन्दा बढीको शेयर खरीदविक्री( १ बजेको अपडेट) 

२०७७ फागुन, १२  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

फागुन १२, काठमाडौं । बुधवार कारोबार भएको दूई घण्टा अवधिमा नेप्से परिसूचक २ शदमलव ३५ प्रतिशत घटेर २ हजार ५२५ दशमलव ६५ विन्दुमा झरेको छ ।

उक्त अवधिमा १९७ ओटा कम्पनीको रू. ४ अर्ब ८३ लाख ३५ हजार बराबरको शेयर खरीदविक्री भएको छ । सबैभन्दा बढी शेयर खरीदविक्री नेपाल बैंकको भएको छ ।
उक्त अवधिमा बैंकको रू. ४८ करोड ८१ लाख ३३ हजार बराबरको शेयर खरीदविक्री भएको हो । 

दोस्रोमा नेको इन्स्योरेन्सको रू. १७ करोड १० लाख बराबरको शेयर खरीदविक्री भएको छ । त्यसैगरी नेपाल फाइनान्सको शेयर मूल्य सबैभन्दा बढी ९ दशमलव ९७ प्रतिशतले बढेर रू. ३५३ पुगेको छ । दोस्रोमा चन्द्रागिरी हिल्सको शेयर मूल्य ९ दशमलव ६२ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता रू. ३४२ पुगेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्