ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तेस्रो घण्टामा ०.९१% ले बढ्यो बजार, नेपाल बैंकको सर्वाधिक कारोबार (२ बजेको अपडेट)

२०७७ फागुन, १२  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

फागुन १२, काठमाडौं । बुधवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक २३ दशमलव ५७ अंकले बढेर २ हजार ६१० दशमलव शून्य ८ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक शून्य दशमलव ९१ प्रतिशतले बढेको हो । 

कारोबारको तेस्रो घण्टामा नेपाल फाइनान्सको शेयरमूल्य सर्वाधिक ९ दशमलव ९७ प्रतिशतले बढेर प्रतिकित्ता शेयरमूल्य रू. ३५३ पुगेको छ । 

त्यस्तै, नेप्सको टिएमएसमा समस्याका शेयर कारोबार बन्द भएको निफ्राको शेयर कारोबार खुला भएको छ । यस अवधिमा निफ्राको शेयरमूल्य ४ दशमलव ८८ प्रतिशत घटेर प्रतिकित्ता शेयरमूल्य रू. ५६५ कायम भएको छ ।

तेस्रो घण्टाको अवधिमा १९९ ओटा कम्पनीका रू. ४ अर्ब ५३ करोड १ लाख ८० हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

यस अवधिसम्म नेपाल बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ५१ करोड ५९ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ४८० मा कारोबार भइरहेको छ ।

दोस्रो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये जलविद्युत र अन्य समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स, विकास बैंक, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, जीवन बीमा, म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्