ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

निफ्राको कारोबार खुला, ४.८८ % मूल्य वृद्धि 

२०७७ फागुन, १२  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

फागुन १२, काठमाडौं । नेप्सेको सिष्टममा आएको समस्याका कारण केहि समय बन्द भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) को शेयर कारोबार सुचारु भएको छ ।

सिष्टममा समस्या आउँदा निफ्राको शेयर खरीदका लागि अर्डर राख्न नमिलेपछि कारोबारनै बन्द गर्नु परेको थियो । कारोबार सुचारु पश्चात निफ्राको शेयरमूल्य ४ दशमलव ८८ प्रतिशत बढेर रू. ६२३ पुगेको छ ।

यसअघि नेप्सेको वेबसाइटमा निफ्राको शेयरमूल्य शतप्रतिशत घटेको देखिएको थियो । यद्यपी कुनै पनि कम्पनीको शेयरमूल्य एकै दिन १० प्रतिशतभन्दा बढी घट्न र बढ्न नपाउने व्यवस्था छ । 

अपरान्ह २ बजेसम्मको कारोबारमा निफ्राको ७६ हजार ९२४ कित्ता शेयर खरीद माग रहेको छ भने ५ हजार २५ कित्ता विक्री माग रहेको छ ।  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्