ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एप्पलले हरेक ३/ ४ हप्तामा किन्यो एउटा कम्पनी 

२०७७ फागुन, १२  
अन्तरराष्ट्रिय
Image Not Found
एप्पलका प्रमुख कार्यकारी टिम कूक

फागुन १२, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले हरेक ३/ ४ हप्तामा एउटा कम्पनी किनेको छ । 

पछिल्ला ६ वर्षमा कम्पनीले १०० भन्दा बढी कम्पनी किनेको एप्पलका प्रमुख कार्यकारी टिम कूकले शेयरधनीहरुको वार्षिक साधारण सभामा बताएका छन् । 
चालू आर्थिक वर्षको पहिलो त्रैमासमा एप्पलले अहिलेसम्मकै उच्च आम्दानी गरेको थियो ।

सो अवधिमा कम्पनीको आम्दानी १ खर्ब ११ अर्ब डलर रहेको छ । यी अधिग्रहणहरु प्रविधि र प्रतिभा हासिल गर्न गरिएको समेत कूकले बताए ।

 ३ अर्ब डलरमा हेडफोन निर्माता कम्पनी बिट्स इलेक्ट्रोनिक्स खरीद विगत एक दशक यताकै एप्पलको सबैभन्दा ठूलो अधिग्रहण हो । सन् २०१८ मा ४० करोड डलरमा सफ्टवेयर कम्पनी शाजाम खरीद पनि हाई प्रोफाइल खरीदमै पर्दछ ।

एप्प्लले प्रायः साना प्रविधि कम्पनीहरु किनेर यिनीहरुको नवप्रवर्तनलाई आफ्नो उत्पादनमा सामेल गर्ने गरेको छ । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्