ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

७ ओटा निर्जीवन बीमा कम्पनीले प्रस्ताव गरे लाभांश, सबैभन्दा बढी शिखर इन्स्योरेन्सको 

२०७७ फागुन, १२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन १२, काठमाडौं । सात ओटा निर्जीवन बीमा कम्पनीले हालसम्म गत आवको मुनाफाबाट यस वर्षका लागि लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । 

नेप्सेमा सूचीकृत १८ ओटा निर्जीवन बीमा कम्पनीमध्ये सात कम्पनीले गत आवको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । सात ओटा कम्पनीमध्ये सबैभन्दा बढी शिखर इन्स्योरेन्स कम्पनीले २७ दशमलव ७७ प्रतिशत बोनस शेयर र १ दशमलव ९ प्रतिशत नगद लाभांश कर प्रयोजनको वितरण गर्ने प्रस्ताव गरेको हो । 

यस कम्पनीले गत आवमा ३० प्रतिशत हकप्रद शेयर वितरण गरेको थियो । त्यसैगरी, प्रिमियर इन्स्योरेन्स कम्पनीले यस वर्ष शेयरधनीलाई नगद लाभांश मात्र वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ११ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

त्यसैगरी, नेपाल इन्स्योरेन्स कम्पनीले गत वर्षको तुलनामा यस वर्ष लाभांश बढाएको छ । गत वर्ष ५ प्रतिशत बोनस शेयर २ दशमलव ८९ प्रतिशत नगद लाभाश वितरण गरेकोमा यस वर्ष कम्पनीले ८ प्रतिशत नगद लाभांश र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । 

बुधवार सबैभन्दा बढी आइएमई जनरल इन्स्योरेन्स कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार १०० पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा खरीदकर्ता धेरै भएकाले शेयर मूल्यमा वृद्धि भएको हो ।

पछिल्लो समयमा लगानीकर्ताले लाभांश प्रस्ताव गर्न बाँकी रहेका कम्पनीहरु छानी छानी खरीद गर्ने गरेको पाइन्छ । कतिपयले अल्पकालिन रुपमा लगानी गरेका हुन्छन् भने कतिपयले लाभांश लागि दीर्घकालिन रुपमा लगानी गर्ने गर्दछन् । तलको टेबलमा  उक्त सात ओटा कम्पनीको गत आव र अघिल्लो आवको लाभांश, बुधवारको शेयरमूल्य देखाइएको छ । 

                                                      स्रोत : कम्पनीद्वारा प्रकाशित वित्तीय विवरण 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्