ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

झापामा नेपालकै ठूलो औद्योगिक पार्कको शिलान्यास हुँदै

२०७७ फागुन, १२  
प्रदेश ०१
Image Not Found

फागुन १२, झापा । झापाको दमकबाट आठ किलोमिटर दक्षिणमा निर्माण हुने नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र ‘चीन–नेपाल मैत्री औद्योगिक पार्क’ को यही फागुन १६ गते शिलान्यास हुने भएको छ ।     
     
 प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्ने कार्यक्रम तय भएको पार्कका अध्यक्ष गोविन्द थापाले बुधवार पत्रकार सम्मेलनमार्फत जानकारी दिए। दमक नगरपालिका–१०, कमल गाउँपालिका–७ र गौरादह नगरपालिका–५ को सङ्गमस्थलमा १ हजार ३०० बिघा क्षेत्रफल निजी जग्गा अधिग्रहण गरेर नेपाल सरकारले पार्क बनाउन लागेको हो ।     
     
 पार्कमा ६५ अर्ब रुपियाँ बराबरको चिनियाँ लगानी भित्र्याउन सरकारले स्वीकृति प्रदान गरिसकेको र शिलान्यास भएको दुई वर्षभित्र संरचना बनिसक्ने अध्यक्ष थापाले बताए। सरकारले जग्गा अधिग्रहण गरेबापत स्थानीयवासीलाई १ अर्ब ३६ करोड रुपियाँ मुआब्जा दिनुपर्नेमा हालसम्ममा ९५ करोड रुपियाँ उपलब्ध गराइसकेको छ । सो जग्गा ४० वर्षका लागि सरकारले पार्कलाई भाडामा दिएको हो ।  

४५ हजार नेपालीले प्रत्यक्ष रोजगारी पाउने सो पार्कमा पहिलो चरणमा २६ ओटा कृषि, टेक्सटाइल, मोबाइल, विद्युतीयलगायतका कारखाना स्थापना हुने र त्यहाँबाट उत्पादित वस्तु विदेश निर्यात हुने थापाले दाबी गरेका छन् ।
     
 रोजगारी, लगानी र क्षेत्रफलका आधारमा नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र भएकाले सो पार्क मुलुकको नमूना बन्ने उनको भनाइ छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्