ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

उद्योगी व्यावसायीलाई लगानीमैत्री वातावरण भएन : अध्यक्ष गोल्छा

२०७७ फागुन, १२  
गण्डकी प्रदेश
Image Not Found
author avatar रोशन तिवारी

फागुन १२, पर्वत । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगी व्यवसायीलाई लगानीको वातावरण बन्न नसकेको बताएका छन् । पर्वत उद्योग वाणिज्य संघको ४५औँ स्थापना दिवश, ३८औँ साधारण सभा तथा १७औँ अधिवेशनको बुधवार कुश्मा बजारमा उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् । 

राजनीतिक उतारचढावका कारण देशमा लगानीमैत्री वातावरण बन्न नसकेको गोल्छाको भनाइ छ । उद्योगी व्यवसायीहरुलाई सरकार र राजनीतिक तहबाट प्रोत्साहन हुन नसकेको बताउँदै गोल्छाले निजी क्षेत्र जहिले पनि उपेक्षामा परेको गुनासो गरे । कोभिडको प्रभावबाट व्यावसायमा परेको असरलाई कम गर्न र देशको आर्थिक स्थिती सुधारका लागि उद्योग वाणिज्य महासंघले भिजन पेपर तयार पार्न थालेको उनले जानकारी दिए । 

दोहोरो अंकमा आर्थिक वृद्धि गर्न, बेरोजगार युवालाई देशमै रोजगारी दिन, लगानीमैत्री वातावरण बनाउन र उद्योग प्रवर्द्धन गर्न लगायत ५२ ओटा विभिन्न खाले कार्ययोजना समेटेर भिजन पेपर तयार पार्न थालिएको गोल्छाले अवगत गराए । भिजन पेपर तयार पारेपछि आर्थिक विकासको मार्गचित्र आउने उनले स्पष्ट पारे । 

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले उद्योगी व्यवसायीले देशमा राजनीतिक स्थायीत्व खोजिरहेको बताए । राजनीतिक अस्थिरताका कारण देशमा लगानीमैत्री वातावरण बन्न नसकेको ढकालले गुनासो गरेका थिए । उक्त कार्यक्रममा बन्जिजम्प सञ्चालन गर्ने द क्लिप प्राली, यान्त्रिक पुल सञ्चालक समितिका अध्यक्ष होमनारायण श्रेष्ठ, नमूना ट्राउट माछा फर्म सञ्चालक यामप्रसाद शर्मालाई सम्मान गरिएको छ । 

यस्तै कोरोना संक्रमणको बेला उपभोक्तालाई सहज रुपमा सेवा प्रदान गर्ने सुरेन्द्र किराना स्टोर्सका सञ्चालक लक्ष्मीप्रसाद अधिकारी, पुलिङ क्वारेण्टाईन सञ्चालनमा सहयोग गर्ने व्लु एन्जल होटल, बन्दना होटल, माउण्टेन भ्यू होटल र खाना व्यवस्थापन गर्ने युनिभर्सल पार्टी प्यालेसलाई सम्मान पत्रले सम्मान गरिएको थियो । 

कोरोनाका कारण ज्यान गुमाएका व्यवसायी बालकृष्ण पुरी, जुना क्षेत्री र विरामी भई मृत्यु भएका भगवती पौडेलका परिवारलाई राहात रकम वितरण गरिएको थियो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्