ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सिटिजन्स बैंकको शाखा रहित बैंकिङ सेवा सुर्खेतको तरंगामा

२०७७ फागुन, १२  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found
author avatar अभियान संवाददाता

फागुन १२, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुर्खेत जिल्लाको बराहताल गाउँपालिका तरंगामा १०८औँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ ।

उक्त सेवा सञ्चालनका लागि स्थानिय व्यवसायी टेक बहादुर कठायतलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । यस शाखा रहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने प्रबन्ध मिलाइएको छ । 

यस सेवाबाट ग्रामीण क्षेत्रमा बैंक प्रति उल्लेखनिय विश्वास एवम् बैंकिङ सभ्यताको विस्तार हुने अपेक्षा बैंकले लिएको छ । 

सिटिजन्स बैंकले देशैभरी फैलिएका १०९ ओटा शाखा, ९८ ओटा एटिएम र १०८ ओटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करीब सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्