ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

महासंघका प्रतिनिधिमण्डल र श्रममन्त्री चौधरी बीच भेटवार्ता

सरकार निजी क्षेत्र मिलेर तालीम सञ्चालन गर्ने श्रममन्त्री चौधरीको प्रतिवद्धता

२०७७ फागुन, १२  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

फागुन १२, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको स्वास्थ्य तथा सीप विकास समितिका सभापति हेमराज ढकाल, सहसभापति भक्त बहादुर हमाल, सदस्य सीताराम रेग्मी, महासंघका पूर्वकारिणी समिति सदस्य कमला श्रेष्ठसहितको प्रतिनिधिमण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीसँग मन्त्रालयमा भेटी सरकार र नीजि क्षेत्रको सहकार्यमा सीपमुलक तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ ।  

भेटका अवसरमा महासंघका तर्फबाट सीपमूलक तालिमको लागि थुप्रै संस्थाहरूले तालिम दिने र ठूलो रकम खर्च हुने गरेपनि नीजि क्षेत्रको माग अनुसार दक्ष एवम् सीपयूक्त जनशक्ति पाउन कठिनाई भईरहेको कुरा सो अवसरमा उठाइएको छ । 

भेटमा सभापति ढकालले एकातिर मुलुकभित्र संचालित उद्योगधन्दाका लागि चाहिएको जनशक्ति नपाउँदा ठूलो समस्या भएको र अर्कोतिर विनाकुनै शीप कामका लागि विदेशीने यूवाहरू न्यूनतम पारिश्रमिकमा अधिकतम समय काम गर्न बाध्य भएकाले यो समस्याको अन्त्य गर्न पनि शीपयुक्त जनशक्ति विकासका लागि तत्काल तालीम सञ्चालन गर्नु पर्नेमा जोड दिए ।    

सो अवसरमा मन्त्री चौधरीले नीजि क्षेत्रको सुझाव अनुसार सीपमुलक तालिम सञ्चालन गर्ने सरकारको योजना रहेकोले महासंघवाट प्राप्त सुझाव एवम् प्रस्तावलाई ध्यानमा राखी आगामी दिनमा सीपमुलक तालिम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्