ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

जापानले खाद्य सहयोग बढायो

२०७७ फागुन, १३  
१० वर्ष अघि
NA

जापानले नेपाललाई दिँदै आएको खाद्यान्न सहयोग वृद्धि गरेको छ । जापानले नेपाललाई १ हजार ५ सय २५ मेट्रिक टनभन्दा बढी चामल दिने भएको छ । सन् २००९ मा जापानले ८ हजार ५ सय ६० मेट्रिक टन चामल उपलब्ध गराएको थियो । यो वर्ष उसले ११ हजार १ सय ८५ मेट्रिक टन चामल सहयोग गर्ने बताएको छ । उक्त खाद्यान्न ६५ करोड जापानी येन बराबरको हो ।

खाद्यान्न सहयोग नेपाल खाद्य संस्थानमार्फत प्राप्त हुने गरेको छ । उक्त खाद्यान्न न्यूनतम मूल्य तोकेर संस्थानले विक्री गर्दै आएको छ । उक्त खाद्यान्न विक्री वितरणलाई व्यवस्थित गर्न जापानिज काउन्टरपार्ट फन्ड नामक एउटा समिति गठन गरिएको छ । फन्डमा जापान अन्तर्राष्ट्रिय नियोग (जाइका) नेपालस्थित जापानी राजदूतावास, नेपाल खाद्य संस्थान, कृषि मन्त्रालय, आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि रहने व्यवस्था छ ।

सहयोगको खाद्यान्न विक्रीबाट प्राप्त हुने सबै रकम सोही फन्डमा जम्मा गरिन्छ । अहिलेसम्म फन्डमा ७० करोड रुपैयाँ जम्मा भइसकेको छ । फन्डमा जम्मा भएको रकम कहाँ र कसरी खर्च गर्नेभन्ने बारे फन्डका प्रतिनिधिहरूले संयुक्त रूपमा निर्णय गर्छन् । सो निर्णय स्व्ीकृतिका लागि नेपाल सरकारमार्फत जापान सरकारलाई पठाइन्छ । जापान सरकारको स्वीकृतिपछि मात्र फन्डको रकम खर्च गर्न पाउने प्रावधान रहेको संस्थानका खरिद विभाग प्रमुख रूपसिंह भण्डारीले अभियानलाई बताए ।

वर्ष ५, अंक ३९, २०६७, जेठ १७–२३

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्