ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एम्बुलेन्स किन्न साढे ७ लाख सहयोग

२०७७ फागुन, १३  
गण्डकी प्रदेश
NA

पर्वत (अस) । पर्वतमा एम्बुलेन्स सञ्चालनका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) र अन्तरराष्ट्रिय पर्वत समाजले साढे ७ लाख रुपैयाँ सहयोग गरेका छन् । नेपाल रेडक्रस सोसाइटी पर्वत शाखालाई एम्बुलेन्स खरीद गर्न प्राप्त भएको रकम हस्तान्तरण गरिएको हो । एनआरएनएका आईसीसी सदस्य अर्जुनकुमार श्रेष्ठले नेपाल रेडक्रस पर्वत शाखाका सभापति रुद्रबहादुर रिमाललाई सोमवार हस्तान्तरण गरे । पर्वत रेडक्रसमा हाल दुईओटा एम्बुलेन्स रहेकोमा एउटा एम्बुलेन्स पुरानो भएर वर्षाैं पहिलेदेखि थन्किएर बसेको छ भने चालू अवस्थामा रहेको एउटा एम्बुलेन्स पनि पुरानो भएको छ ।

रेडक्रससँग बिरामी बोक्ने एम्बुलेन्स नभएपछि प्रवासी नेपालीहरूले सहयोग गरेको एनआरएनएका आईसीसी सदस्य श्रेष्ठले बताए । श्रेष्ठले रेडक्रसलाई थप ६ लाख रुपैयाँ पनि चाँडै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । रेडक्रसले एम्बुलेन्स खरीद गर्न १३ लाख रुपैयाँ लाग्ने बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्