ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

लगानीको वातावरण भएन : अध्यक्ष गोल्छा

२०७७ फागुन, १३  
गण्डकी प्रदेश
Image Not Found
author avatar रोशन तिवारी

पर्वत । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष शेखर गोल्छाले उद्योगी व्यवसायीलाई लगानी वातावरण बन्न नसकेको बताएका छन् । पर्वत उद्योग वाणिज्य संघको ४५ औं स्थापना दिवस, ३८ औं साधारणसभा तथा १७ औं अधिवेशनको बुधबार कुश्मा बजारमा उद्घाटन गर्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् ।

राजनीतिक उतारचढावका कारण देशमा लगानीमैत्री वातावरण बन्न नसकेको गोल्छाको भनाइ छ । उद्योगी व्यवसायीलाई सरकार र राजनीतिक तहबाट प्रोत्साहन हुन नसकेको बताउँदै उनले निजी क्षेत्र जहिले पनि उपेक्षामा परेको गुनासो गरे ।

कोभिडको प्रभावबाट व्यवसायमा परेको असरलाई कम गर्न र देशको आर्थिक स्थिति सुधारका लागि उद्योग बाणिज्य महासंघले भिजन पेपर तयार पार्न थालेको उनले जानकारी दिए ।

दोहोरो अंकको आर्थिक वृद्धि गर्न, बेरोजगारलाई देशमै रोजगारी दिन, लगानीमैत्री वातावरण बनाउन र उद्योग प्रवद्र्धनलगायत ५२ वटा विभिन्न कार्ययोजना समेटेर भिजन पेपर तयार पार्न थालिएको गोल्छाले गराए ।

भिजन पेपर तयार पारेपछि आर्थिक विकासको मार्गचित्र आउने उनले स्पष्ट पारे ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले उद्योगी व्यवसायीले देशमा राजनीतिक स्थायित्व खोजिरहेको बताए । राजनीतिक अस्थिरताका कारण देशमा लगानीमैत्री वातावरण बन्न नसकेको ढकालको गुनासो थियो । कार्यक्रममा बन्जिजम्प सञ्चालन गर्ने द क्लिप प्रालि, यान्त्रिक पुल सञ्चालक समिति अध्यक्ष होमनारायण श्रेष्ठ, नमुना ट्राउट माछा फार्म सञ्चालक यामप्रसाद शर्मा, विभिन्न होटल व्यवसायीलगायतलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्